दफा ११४
नेपाल सरकारको विशेष अधिकार
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सार्वजनिक सवारीलाई कुनै खास अवधिसम्मको लागि कुनै ठाउँमा यातायात सेवा सञ्चालन गर्नु पर्ने गरी सवारी धनी वा व्यवस्थापकलाई नेपाल सरकारले आदेश दिन सक्नेछ ।